बजारमा नक्कली नोटको बिगबिगी
नक्कली नोटहरुबाट सामान किनबेच गरेको अवस्थामा गहतराज र हलुवाइ प्रहरीको फन्दामा

- बैशाख २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

१ हजार दरका नक्कली नोट ४९ वटा, प्रिन्ट गरेर काट्न बाँकी एक हजारको १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न ५ सयको नोट ६० वटालगायतका सामानहरु सँगै सोही नक्कली नोटहरुबाट सामान किनबेच गरेको अवस्थामा प्रहरीले जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका–७ बस्ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्ने ३२ वर्षीय सादाहय हलुवाइ लाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । सम्झना गहतराजले गोकर्णेश्वर न.पा. ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवाइ पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको पक्राउ परेका उनीहमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर