सेवानिवृत्त शिक्षक देखी बहालवाला कर्मचारीहरु सम्म आर्थिक मन्दीको चरम बिन्दूको सिकारमा
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
देश अहिले आर्थिक मन्दीकोे भूमरीमा फसिरहेको अर्थ सँग सरोकार राख्ने अर्थविदहरुले बारम्बार बताउँदै आएका छन् । प्राय जसो सरकारी कार्यालयका कर्मचारी देखी सेवानिवृत्त शिक्षकहरु अहिले आर्थिक मन्दीको चरम बिन्दूको सामना गरिरहेका छन् ।
यस्ता शिक्षकहरुले पाउँदै आएको पेन्सन सुविधा अहिले पाउन नसकेको गुनासोहरुले व्यापकता पाउन थालेको छ । नेपाल शिक्षक संघका अनुसार अहिले देशका विभिन्न स्थानहरुबाट पेन्सन सम्वन्धि गुनासो आउन थालेका छन् ।
यसरी अवकाश प्राप्त शिक्षकहरुले बिगत दुई महिना देखी पेन्सन नपाएको गुनासो व्यापक रुपमा आइरहेको बताउँछन् नेपाल शिक्षक संघ सम्वन्धित सरोकारवालाहरु ।
संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष एमपी पौडेलले दिएको जानकारी अनुसार ‘विभिन्न बहाना’ मा पछिल्लो समय कतैकतै शिक्षकको तलबमा समेत ढिलाइ गर्न थालिएको अहिले ।
आर्थिक समस्याको नाममा, परिषद् नभएको बहानामा तलब दिन ढिलाइ गर्न थालिएको शिक्षक साथीहरूले भन्दै हुनुहुन्छ,” अहिलेको समस्याबारे उनले भने। बहालवाला शिक्षकहरूले पाउने तलब र सेवानिवृत्तहरूले पाउने पेन्सनमा देखिएको समस्या लिएर अहिले आन्दोलन गर्ने तयारीमा संघ लागेको छ ।
शिक्षा मन्त्रायका प्रवक्ता धनिराम शर्माका अनुसार कुनै पनि सामाजिक सुरक्षा भत्ताहरू रोकिएको छैन। वितरण गर्ने प्रक्रियामा केही अप्ठ्यारो, केही ढिलासुस्ती भएको हुनसक्छ । अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने हिसाबले कुनै पनि सामाजिक सुरक्षाका ’स्किम’लाई हटाएको अथवा स्थगित गरेको जानकारी आएको छैन ।
शिक्षकको पेन्सन अथवा सेना, प्रहरीलाई दिइने पेन्सन ढिलो भयो भन्ने जुन कुरा बाहिर आएका छन् त्यसमा केही प्रक्रियागत ढिलाइ मात्र भएको हो भन्छन् प्रवक्ता शर्मा ।
अहिले पनि सरकारले निर्वाध रूपमा अनिवार्य दायित्वको खर्चहरूको भुक्तानी गरिरहेको छ। त्यो पैसा पनि गइसकेको छ। शिक्षक, कर्मचारीहरूको तलब, पेन्सन नियमानुसार अब वितरण हुन्छ।
मन्त्रालयहरूलाई पठाएको बजेटमा त्यो रकम थपिएको हुँदैन। त्यो रकम चाहिँ विनियोजन भइसकेको हुँदैन। एकमुष्ट रूपमा अर्थ मन्त्रालयमा त्यो रकम व्यवस्था गरी राखिने गरिएको छ । खर्चका आधारमा जति नपुग हुन्छ त्यसअनुसार माग आउँछ र अर्थ मन्त्रालयले पठाउने अर्थ मन्त्रालय गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments