घुस काण्ड
प्रहरी लेखापाल विष्ट सेवाग्राहीबाट २ लाख घुस लिंदै गर्दा अख्तियारको जालमा
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब–इन्स्पेक्टर) प्रहरी लेखापाल विनोद विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्।
सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार विष्ट कार्यालयको लेखापाल रहेको पुष्टि गर्दै पक्राउ परेकोबारे आधिकारिक जानकारी भने नआएको बताएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments