झण्ड खोसेर हिँडेपछि रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ ।
रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा आयोजित एक सम्मेलनमा हात हालाहालमा उत्रेका हुन् । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच धक्कामुक्की भएको भएको छ ।
रुसी प्रतिनिधिले बैठकमा राखिएको युक्रेनको झण्ड खोसेर हिँडेपछि युक्रेनी प्रतिनिधिले उनीमाथि मुक्का प्रहार गरेका छन् । युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो धक्कामुक्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments