नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुपतिनाथमा पशुबलि निषेध अभियान

- बैशाख २३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौैैं ।

नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
हरेक मङ्गलबार सडकपेटीमा व्यानरसहित पशुबलि रोक्न आग्रह गर्ने र शनिबार बिहान विभिन्न मन्दिरमा गएर पशुबलि रोक्नका लागि सचेतनामूलक कार्यक्रम गरिँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्वअध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । पूर्वअध्यक्ष प्याकुरेलका अनुसार उक्त सचेतनामूलक कार्यक्रम कुनै सहयोगबिना स्वतःस्फूर्तरूपमा २०७२ सालदेखि गरिँदै आएको छ ।

विसं २०५२ देखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमितरूपमा अभियान सुरु गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर