रायमाझी कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको हुँदा तपाई (पत्रकार) हरु आफै खोज्नु होस् – एमाले अध्यक्ष ओली
- बैशाख २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेट गरिसकेका छन् । ओलीको प्रधानमन्त्री दाहाल सँग भेटको मुख्य प्रसंग भनेको एमाले नेता रायमाझी हुन् । केही दिन देखी एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको भेटघाट क्रम बढ्दो छ ।
बिहीबार भेटेर यसै विषयमा छलफल गरेका ओलीले शनिबार पनि प्रधानमन्त्रीसँग भेट गरेका हुन् । बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार ओलीले प्रचण्डसँग भेट गरेका थिए । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले रायमाझी बाटोबाटै पक्राउ गर्नुपर्ने व्यक्ति नभएको भन्दै सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए ।
शनिबार प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुले रायमाझी कहाँ छन् भनेर ओलीसँग जिज्ञासा राखेका थिए । ओलीले भने कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको भन्दै पत्रकारहरुलाई जवाफ दिए, ‘तपाईहरु खोज्नुस् न ?’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments