कांग्रेस राजनीति
पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै कांग्रेसमा चिन्ता
- बैशाख २३, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
अहिले सामाजिक सञ्जाल र बौद्धिक अन्तर्क्रिरयामा समेत पुराना दलहरु सच्चिने वा सकिने विकल्प मात्रै बाँकी रहेको चर्चा चल्ने गरेको छ । राजनीतिक यात्रामा लामो इतिहास बोकेको देशको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसमा पनि अब सच्चिने कि सकिने भन्ने तातो बहस चल्न थालेको छ ।
यसरी राजनीतिक रुपमा बलियो रहेको कांग्रेसमा यो बहस किन चल्न थाल्यो भन्दा उत्तर सहज र सजिलो छ त्यो हो मंसिर र बैसाखको निर्वाचन नै हो । गएको निर्वाचनमा सोचे जस्तो सफलता हासिल गर्न नसके पनि कांग्रेस अन्य दलहरु भन्दा परिपक्क र लामो राजनीतिक इतिहास बोकेको दल हो । जति ठूलो भएपनि राजनीतिमा गरिने कदमहरुलाई क्यास गर्न नसक्नु भनेको उदो गति तर्फ लम्किनु नै हो ।
प्रधानमन्त्री दाहालको राजनीतिक यात्राको एउटा सारथी बनेका छन् नेपाली काँग्रेस(नेका)को सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । खासमा यो बहसले सबैभन्दा बढी तरंगित नै यही पार्टी भएको छ। किनकि अहिले रास्वपालाई वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा हेरिँदैछ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्वप्रकाश शर्मालेसमेत उपनिर्वाचनले पार्टीलाई रुपान्तरण हुन सन्देश दिएको र आफूहरुसमेत रुपान्तरणको पक्षपाती भएको बताइरहेका छन्। जसले सुधारको बहसलाई थप बलियो बनाएको छ।
वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले तनहुँ–१ र चितवन–२ मा उम्मेदवारी दिएको थियो । दुवै ठाउँमा कांग्रेस फराकिलो मतान्तरसहित पराजित भयो। त्यसपछि पुराना पार्टीहरु यथास्थितिमा अगाडि बढ्न सक्दैनन् भन्ने बहसले तिव्रता पाएको हो।
राजनीतिक विश्लेषकदेखि पुराना भनिएका दलहरुका कतिपय नेताहरु स्वयंले समयअनुसार कांग्रेस, एमाले लगायतका पुराना दलहरु चल्न नसकेकाले नै नयाँ दलहरु विकल्पको रुपमा उदाएको टिप्पणी गर्न थालेका छन्। अर्कोतिर, रास्वपाका नेताहरुले पनि कांग्रेस, एमाले र माओवादीले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै त्यसका लागि आफूहरु आएको प्रचार गरिरहेको देखिन्छ।
कांग्रेसका महामन्त्री थापाले त उपनिर्वाचनको नतिजापछि सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु।’
थापाले थप भनेका छन्, ‘पार्टीमा जहाँ समस्या छ, त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’
विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भन्दै थापाले भनेका छन् , पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइनसकेकाले आफूले नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई गम्भीरतापूर्वक आत्मसात गरेको बताउँछन्। थापाले पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने वचन पनि दिएका छन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा, जो थापा जस्तै पार्टीभित्र रुपान्तरणको बलियो पक्षपाती हुन्, उनी पनि उपनिर्वाचनको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउँछन्। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नु आवश्यक रहेको उनको जोड छ। उनले उपनिर्वाचनवाट व्यक्त जनमतले नयाँ ढंगले नयाँ अभियानहरुका साथ रुपान्तरणमा जुट्न सन्देश दिएको बताएका छन्।
कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समेत पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यद्यपि, देउवामाथि नै पार्टीको विधान अनुसार काम नगरेको आरोप लागिरहेको छ।
अहिले पार्टी र नागरिक तहबीच बीचमा कतै न कतै ’ग्याप’ रहेको देखियो। यसलाई हटाउनै पर्छ।’थापाले पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने वचन पनि दिएका छन्।
देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नु आवश्यक रहेको बताउँछन् महामन्त्री शर्मा । उनको जोड पनि यसमा छ । उनले उपनिर्वाचनवाट व्यक्त जनमतले नयाँ ढंगले नयाँ अभियानहरुका साथ रुपान्तरणमा जुट्न सन्देश दिएको बताएका छन्।
उपनिर्वाचनपछि कांग्रेसको सुधारको बहसलाई महामन्त्रीद्वय थापा र शर्माले सकारात्मक रुपमा लिए पनि पार्टीको मूल नेतृत्वले कसरी लिइरहेको छ भन्ने प्रश्न राजनीतिक वृत्तमा उठेको देखिन्छ। गत सोमबार र मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति देउवाले समेत पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यद्यपि, देउवामाथि नै पार्टीको विधान अनुसार काम नगरेको आरोप लागिरहेको छ।
पार्टीमा सुधारका लागि अहिले तत्काल तीनवटा विषय देखिएको छ । ‘पहिलो, पार्टीको आन्तरिक जीवन नै राम्रो बनाउनुपर्छ। दोस्रो, पार्टी र जनतालाई राम्रोसँग जोड्नुप¥यो। तेस्रो, संघ, प्रदेश र स्थानीय तहमा रहेको कांग्रेसको उपस्थितिले अझ आशा जगाउनु पर्ने स्थिती आइसकेको छ ।
पार्टीभित्र सुधारको बहसलाई पनि कार्यतालिका बनाएर व्यवस्थित तरिकाले अगाडि बढाइए मात्रै परिणाम दिने मा दुई मत नभएको पनि महामन्त्री द्धयको एउटै धारणा छ । ‘हामीले गहिरो गरी समीक्षा गरेपछि मात्रै भविष्यको योजना बनाउनुपर्छ।’ आम नागरिकहरुमा यी पार्टीहरुले केही गर्ने होइन, खाली गफ मात्रै दिने हुन् भन्ने भाष्य देखिएको बुझाइ राजनीतिकर्मीहरुको छ।
अहिले कम्तीमा कांग्रेसले लिएको संघीय सरकारका मन्त्रालयहरु, प्रदेशमा कांग्रेसका सरकार र स्थानीय तहमा रहेको कांग्रेसका स्थानीय तहका नेतृत्वहरुले एउटा पार्टी नीति नै बनाएर काम गर्नुपर्ने पनि देखीएको छ । अहिले पनि पार्टीका आन्तरिक कामहरु पनि विधान अनुसार भइरहेका छैनन्। कांग्रेसका केन्द्रीय संरचनाले पूर्णता पाएका छैनन्। कतिसम्म भने, मंसिर ४ कै निर्वाचनको समीक्षासमेत गरिसकेको छैन, जबकी, वैशाख १० मा पार्टीले पराजय बेहोरिसक्यो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments