बजेट अधिवेशन सुरु हुँदै : नीति तथा कार्यक्रमका बारेमा दुवै सदनमा छलफल हुने

- बैशाख २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आइतबार देखी सुरु हुँदैछ ।

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आईतबारका लागि आव्हान गरेका हुन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०औ ८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर