पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
- बैशाख २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुरधाम ।
धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो ।
शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं। २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । शनिबार राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२०७८ सालमा धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments