रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालियो , नरिवल टिप्न तछाड मछाड

- बैशाख २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आइतबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।

रथबाट खसालिएको नरिवल शुभहुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर