कांग्रेसभित्र सुधारका लागि अन्तरसंघर्ष : युवा नेताहरूले थाले देशव्यापी पार्टी रुपान्तरण अभियान
- बैशाख २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका छन् । रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले आइतबार सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन् ।
अभियानले सातै प्रदेशमा कांग्रेसमा रुपान्तरण र सुधारका लागि छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने नेताहरूले बताएका छन् । शनिबार र आइतबार निरन्तर छलफलपछि नेताहरूले सात प्रदेशमा संयोजक तोकेका हुन् ।
अभियानका लागि कोशी प्रदेशमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजक तोकिएको छ ।
उनीहरूमध्ये आचार्य र पोखरेल वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य हुन् भने घिमिरे र शाही प्रदेश सभापतिका प्रत्याशी थिए । चालिसे केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार थिए । उनीहरू सबै नेता शेखर कोइराला पक्षका नेता हुन् ।
नेता घिमिरेले पार्टीमा रुपान्तरण र सुधारका लागि आफूहरूले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । ‘सातै प्रदेशमा पार्टी सुधारका लागि विकल्पहरू के(के हुन सक्छन् रु हामीले छलफल गर्ने, बहस गर्ने र सुझाव लिने अभियान चलाउँछौँ,’ उनले भने, ‘अहिले संयोजक तोकिएको छ, अब त्यहाँ टिम बन्छ ।’
उनले आफूहरूले कांग्रेसभित्र सुधारका लागि अन्तरसंघर्षको सुरुआत गरेको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments