खेल/ फुटबल
डर्टमुन्डको सानदार जित
- बैशाख २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
वल्फ्सवर्गमाथि सानदार जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ ।वल्फ्सवर्गलाई ६–० ले पराजित गर्दै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ मा छोट्याएर उपाधि जित्ने सम्भावना जीवितै राखेको हो ।
डर्टमुन्डको सानदार जितमा करिम एडियमी र जुड बेलिङहमले समान दुई तथा सेवास्टिन हालेर र डोनेल मालेनले समान एक गोल फर्काए । डर्टमुन्डले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो । सिग्नल इडुना पार्कमा आइतबार राति गोलको वर्षा भएको खेलको १४औं मिनेटमा करिम एडियमीको गोलबाट डर्टमुन्डले १–० को अग्रता लिन सफल भयो ।
२८औं मिनेटमा सेवास्टिनले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–० को आरामदायी अग्रता सलन सफल भयो । ५४औं मिनेटमा बेलिङहमले गोल गरेपछि डर्टमुन्ड खेलमा ४–० ले अघि बढ्यो । ५९औं मिनेटमा एडेयमीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि डर्टमुन्ड आरामदायी जिततर्फ अग्रसर बन्यो ।
६५औ मिनेटमा एडियमी पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट पनि चुक्न पुग्यो । ८६औं मिनेटमा बेलिङहमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै डर्टमुन्डलाई सानदार जित दिलाए । यस जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बायर्नको ६५ अंक छ । पराजित वल्फ्सवर्ग ३१ खेलबाट ४६ अंक जोडेर सातौं स्थानमा छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments