माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु
- बैशाख २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।
महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो ।
त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “ छलफलमा सोमबार देखी नै तार हटाउने विषयमा सहमति भएको छ, सोमबार बाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।” आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जनाएको छ । सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments