प्रचारबाजीको नयाँ शस्त्र
सभामुखले बोल्ने समय नदिएकोले कपडा खोलेर बिरोध गरेको हो – स्वतन्त्र सांसद सिंह
- बैशाख २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताए ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ उनले पत्रकारहरुसित भने, ‘उहाँ (सभामुख)लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाएका थिए । आफ्नो लागि सदन निर्बस्त्र भएको, जनताको लागि सदन निर्बस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उनको जवाफ छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments