वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीच ठूलो भ्वाङ – रास्वपा सांसद डा.वाग्ले
- बैशाख २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सोमबार प्रतिनिधिसभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने यस्तो बताएका छन् ।
उनले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताए।
उनले अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाए पनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे।
उनले सरकारले आइतबार रातिसम्म ७ सय ३३ अर्बको राजस्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजस्व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए।
उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे। उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए।
उनले वस्तु सेवाबीचको आयात र निर्यात, उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढङ्गले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनःमूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे।
उनले भने,‘आर्थिक वृद्धि र स्थायित्व जाहेज हुन तर सरकारले यस्तो समयमा आर्थिक स्थायीत्व र स्थिरताका कुरा गरिरहेका छौं। जतिबेला अर्थतन्त्रले लय गुमाएको छ। संकटमा परेको अर्थतन्त्र भड्खालोमा जाकिएको अर्थतन्त्र कुरा गर्दा स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन।’
डा.वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए। उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आए पनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए। उनले अब सडक,विद्यालयभन्दा पनि विद्यालयमा सिकाई र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए।
उनले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एक तिहाईलाई प्रताडित गरिरहेको बताए। सांसद वाग्लेले पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा रहेका बताए।
सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए।
उनले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताए। उनले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताए।
उनले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको बताए। उनले आफूले कांग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे।
उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गरे। उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको यो दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments