ल्यान्डिङ गेयरमा समस्या दोहोरिएपछि विमान ग्राउन्डेड
- बैशाख २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र सोमबार अगाडिको ल्यान्डिङ गेयरमा समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको छ ।
सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो ।
ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्किंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो । विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।प्राधिकरणका अनुसार शनिबार धनगढी विमानस्थलमा पनि श्री एयरलाइन्सको उक्त जहाजमा यही समस्या देखिएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments