पार्टी भन्दा परिवार प्यारो
सभापति देउवाको प्रधानमन्त्री बन्ने लालचा (लोभ)को कारण कांग्रेस भित्री रुपमा खोक्रो हुँदै

- बैशाख २५, २०८० मा प्रकाशित


सुधीर नेपाल,

२५ बैसाख ।
श्रीमति आरजु राणा देउवा र छोरा जयबिरसिंहका लागि खुल्ला मैदानमा बिपरित ध्रुवका सारथीहरुलाई लिएर लम्किरहेका नेपाली कांग्रेस (नेका)का सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निम्त्याएको यो राजनीतिक कलहको सिकारमा उनी आफै फस्न थालेका छन् ।
आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि हाल्छन् ।

प्रचण्डका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् त राजनीति गर्नेको एउटा बानीनै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने । हो यही कुण्ठाले भरिएको छ प्रचण्डको राजनीतिक यात्रा । प्रधानमन्त्री दाहालको यही राजनीतिक यात्राको एउटा सारथी बनेका छन् नेकाको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।
सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका नेका सभापति देउवा अहिले दुलो भित्रबाट टाउको निकालेर भित्र बाहिर भित्र बाहिर गरिरहने मुसा सरह भएका छन् । कारण राजनीतिक र पदीय स्वार्थ । हो यही राजनीतिक र पदीय स्वार्थको कारण अहिले सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार भएको छ । सभापति देउवामा सवार भूतको मुख्य लक्ष्य भनेको गठबन्धनको बैसाखी टेकेर पुन एकपटक प्रधानमन्त्री बन्ने मात्र हो अन्य केही होइन् । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ ।

त्यो स्वयं उनलाई थाहा छ । तर पारिवारीक मोह र पदीय लाभको अगाडी उनी यो मोडलाई समेत किनार लगाउने तयारीमा छन् भनौ टिकट बाँडफाँडको नियति सँगै उनको मोडले उग्र रुप लिएको छ । जुन काँग्रेस जस्तो भिमकाय र पुरानो दलको लागि अभिषाप हो ।
सभापति देउवाले काँग्रेसमा अहिले जुन निरंकुसता लादेका छन् । त्यसको परिणामको लागि अब धेरै समय कुर्नु पर्ने छैन् । जुन परिणाम सभापति देउवा र उनका अनुयायीहरुका लागि फलामको चिउरा सावित हुने कुरामा पनि दुईमत छैन् । राजनीतिक भन्दा पनि व्यक्तिगत स्वार्थको परिणीतिमा अल्झेका सभापति देउवाले नेतृत्व गरेको गठबन्धनको सरकारले देशको हितको लागि कुनै पनि असल कार्य नगरेको प्रमाणहरु बाहिरी रहेका छन् । तर पनि सभापति देउवामा चेतनाको अभाव कारण चेत पलाउन सकेन् ।
काँग्रेसलाई एकल र व्यक्तिगत संरचनाको आधारमा चलाउने नियतमा लागेका सभापति देउवाको उमेरले जति जति डाँडो काट्दै छ । उनी भित्र पलाएको अलम्पच(लालची) पनाले देश र काँग्रेसलाई कता तर्फ मोडेको छ । यो सोच्ने फुर्सद सभापति देउवामा छैन् । तर यस्ता कलह र बिरोधहरुको कुनै पर्वाह छैन् सभापति देउवालाई रत्तिभर छैन् ।

किन भने अहिले प्रधानमन्त्री देउवाको एउटै सुँगा रटाई भनेको फेरी एकपटक राज्यसत्ता आफनो लगाममा लिनु रहेको छ ।हुन् पनि राज्यसत्ता बिना केही नहुने लक्षण पहिला देखी नै देखीएको हो सभापति देउवामा । सत्ता प्राप्तीको लागि जे पनि गर्न तयार हुने र सत्ता प्राप्त भएपछि त्यसलाई जोगाउन जे पनि गर्न पछि नपर्ने एक प्रकारको सोचका कारण अहिले सभापति देउवा जन नजरबाट दिन प्रति दिन झर्दै छन् । काँग्रेसका सभापति रहेका पूर्व प्रधानमन्त्री देउवाको अहमताको सिकार काँग्रेस भै रहेको भन्दा केही फरक पर्ने वाला छैन् ।
देउवाको यो कार्यशैलीले उनलाई क्षणिक फाइदा भएपनि अन्नतमा यसको परिणामा भोग्ने भनेको काँग्रेसले नै हो । १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई पार्टी सभापतिमा चयन गर्यो। महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि देउवाले पार्टीलाई विधान अनुसार चलाउन सकेका छैनन्। न त उनले निर्वाचनमा पार्टीलाई सफल बनाए। सभापति देउवाले ६ महिनाभित्र गरिसक्नु पर्ने विधान अधिवेशनसमेत गर्न सकेका छैनन्।
केन्द्रीय समिति बैठक नराख्दा केन्द्रीय सदस्यहरू भूमिकाविहीन भएका छन्। यसबाट कांग्रेसका आशालाग्दा दुई महामन्त्री आजित भइसकेका छन्। उनीहरू वैशाख २२ गतेको पदाधिकारी बैठकमा देउवाविरूद्ध खनिए। पार्टी रूपान्तरणका लागि जुर्मुराइरहेका महामन्त्रीलाई निष्क्रिय पारेपछि उनीहरूले धुम्बाराहीमा बसेको बैठकमा असन्तुष्टि जनाएका हुन्।

उनीहरूले मन्त्री सिफारिस गर्दा आफूहरूसँग छलफल नगरेको, पार्टीलाई विधान अनुसार चलाउन नसकेको, विभाग, भ्रातृ संस्थाहरूलाई नेतृत्व नदिएर शिथिल बनाएको आरोप लगाए। पार्टीका दुई वटा १३ र १४ औं महाधिवेशन भए पनि पार्टीले जनताको लोकप्रिय मत नपाएको आरोप देउवामाथि लाग्ने गरेको छ। गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचन, मंसिर ४ गतेको निर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धन गरे पनि सोचेजस्तो परिणाम ल्याउन नसकेको अपजस देउवालाई नै जान्छ।
साथै उनीहरूले गठबन्धनको विषयमा समेत सभापति देउवासँग जवाफ मागिरहेका छन्। साथै जनता समाजवादी पार्टीलाई उपनिर्वाचनमा बारा–२ मा छोडेको विषयमा समेत कांग्रेसभित्र चर्को असन्तुष्टि छ। ‘मंसिर ४ को चुनावमा सँगै गएको गठबन्धन ढल्यो। फेरि बन्यो। किन ढल्यो पुनः किन बन्यो? त्यसको औचित्य पुष्टि गर्नुपर्छ। वैशाख १० को उपनिर्वाचनमा जसपालाई के कारणले सहभागी गराइयो। त्यसको कारण स्पष्ट छैन। किनकी जसपा मंसिर ४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो। सरकार जोगाउन गरिएको भए हामीलाई के अर्थ भयो?,’ महामन्त्रीहरूको भनाईलाई पुष्टि गर्दै कांग्रेस स्रोतले कासिन न्यूजलाई बतायो ।

साथै कांग्रेसले आफ्नै गढसमेत गुमाउन पुग्यो। राष्ट्रपति रामचन्द्र पौडेलले जित्दै आएको तनहुँ १ मा यसपटक रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भए। चितवन–२ मा पनि मंसिरमा भन्दा यसपटक कांग्रेसको भोट घटेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताको आकर्षण पनि बढिरहेको छ। रास्वपाको उदय र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई कांग्रेसले च्यालेञ्जको रूपमा लिएको छ।

कांग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेले आफूहरू परम्परगत ढंगले हिँडेर नयाँ दलसँग प्रतिस्पर्धा गर्न नसकिने बताए । नेता घिमिरेले पुराना दलप्रति युवाको आकर्षण घटिरहेको बताउँदै दलहरू नसुध्रिए जनताले माफी नदिने बताए। नयाँ पुस्ता प्रति अहिले पनि कांग्रेस विकर्षित छ। बेरोजगारी, महँगी आकाशिएको छ, जागिरेहरूले तलब नपाउने अवस्थामा छन्। यी सबै विषयमा देखीएको जटिलताको कारण भनेको पार्टी नेतृत्व नै होे भन्छन् राजनीतिका पण्डितहरु । भ्रष्ट प्रवृत्तिलाई सुधार गरेनौं भने हाम्रो भविष्य के हुन्छ? यी सबै विषयमा महामन्त्रीहरूलाई तनाव नै छ,’ ।
‘०४६ पछि बनेका सरकारहरूको हर्कत देखेर जनताले साथ छोडिसकेका थिए। तर, ०६२/०६३ को जनआन्दोलनमा हामी सुध्रिन्छौं भनेपछि जनता सडकमा आएका हुन्। अब पुराना पार्टीले आफ्नो भविष्य सुनिश्चित गर्न माफी माग्नुपर्छ।’
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको भागमा ८ वटा मन्त्रालय परे। चैत १६ गते बसेको कार्यसम्पादन समितिको बैठकले ८ जना मन्त्री छान्ने जिम्मा देउवालाई दियो।

सरकारमा शेखर समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री दिने सहमति भयो। तर, देउवा पक्षका पाँच मन्त्रीले चैत १७ गते शपथ खाँदा शेखर समूहले एउटा पनि नाम दिन सकेन। शेखर र गगन पक्षबीचको द्वन्द्वका कारण मन्त्री पठाउन ढिलाई भयो। तर, आरोप देउवामाथि लाग्यो।
शेखर कोइराला र महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आफू निकट एक जना समेट्नुपर्ने अडान लिएपछि शेखर समूहभित्रै विवाद उत्पन्न भयो। एक महिनासम्म पनि विवाद नसुल्झिएपछि शेखरले धनराज गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाए। तर, दुई महामन्त्रीले सहमहामन्त्री जीवन परियार, बद्रि पाण्डे र प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने अडान लिए। तर, उनीहरू निकट एक जना पनि परेनन्।

उनले संस्थापन पक्षको बचाउ गर्दै भ्रातृ संगठन, विभागहरू बन्ने अवस्थामा रहेकाले भाग खोज्न वार्गेनिङ गरेको आरोप लगाए। पदाधिकारी बैठकमा सभापति देउवाले गठबन्धनको बैठकमा आफूहरूलाई सहभागिता नगराएको विषयमा महामन्त्रीद्वय थापा र शर्माले असन्तुष्टि जनाएका थिए। ‘भ्रातृ संस्था र विभागलाई पूर्णता नदिएको, विधान महाधिवेशन गर्न नसकेको र पार्टी रूपान्तरणमा चासो नदिएकोमा असन्तुष्टि जनाउनु भयो,’ गगन निकट एक नेताले भने।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर