आईपीएल
कोलकाता नाइट राइडर्सलाई जिताउने रिन्कु

- बैशाख २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रिन्कु सिंहले जारी इण्डियन प्रिमियर लिग आईपीएलमा बेजोड प्रदर्शन गर्दै आएका छन् । सोमबारराति पञ्चाव किंग्ससँगको खेलमा कोलकाता नाइट राइडर्सलाई उनले नै जिताए ।
१ सय ८० रनको लक्ष्य पछ्याएको कोलकातालाई जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो । उनै रिन्कुले अर्शदीप सिंहको बललाई लेग साइडमा चौका हानेर घरेलु मैदानमा जित दिलाए ।
यो खेलमा कप्तान राणाले ५१ रन बनाएका थिए । २३ बलमा ३ चौका र ३ छक्का हानेर आन्द्रे रसेलले ४२ रन बनाउँदै जितको आधार तयार पारेका थिए । तर खेलपछि चर्चा रिन्कुकै भयो । खेल सकिएपछि ट्वीटरमा रिन्कु सिंह नै ट्रेन्डिङको शीर्ष स्थानमा आए ।


रिन्कुलाई कप्तान राणाले जे भनेर जोसाउने गरेका थिए । त्यो काम रिन्कुले ठिक एक महिनाअघि अर्थात ९ अप्रिलमा गुजरात टाइटन्सविरुद्धको खेलमा गरेका थिए । अहमदाबादमा ४८ रन बनाएका रिन्कुले अन्तिम ५ बलमा ५ छक्का हानेका थिए ।

त्यो इनिङ्सले रिन्कुको नाम आईपीएल देख्ने हरेक घरमा पुगेको थियो । राणाका अनुसार त्यो इनिङ्स सम्झाउँदै उनले रिन्कुको हौसला बढाउने गरेका छन् ।
तर अब रिन्कुको कथा त्योभन्दा पनि अघि बढिसकेको संकेत राणाले गरेका छन् । राणाले भने, ‘जब रिन्कु ब्याटिङ गरिरहेका थिए, पूरा स्टेडियममा रिन्कु, रिन्कु गुञ्जिरहेको थियो, यो वर्ष उनले यही कमाए ।’
६ वर्षदेखि आईपीएल खेल्दै आएका राणाले भने, ‘पहिलो समर्थकले रसेल, रसेल भन्थे त हामीलाई राम्रो लाग्थ्यो, हामीलाई थाहा थियो कि रसेलले यो सब गरेका छन्, तर अब रसेल मैदानमा हुँदा पनि समर्थकले रिन्कु रिन्कु भनेर कराए, यो सुनेर मलाई औधी खुसी लागेको छ ।’
पञ्जावविरुद्ध कोलाकतालाई जिताउन रिन्कुले मात्रै जादुमयी प्रदर्शन गरेका होइनन्, राणा र रसेलले बनाएका रन र उनीहरुको इनिङ्स रिन्कुको भन्दा कम थिएन । मात्र २६ रन दिएर ३ विकेट लिने स्पीनर वरुण चक्रवर्तीले पनि पञ्जावका ब्याटरलाई रोकेका थिए ।
रिन्कुले १० बलमा २१ रन बनाए, जबकि पञ्जावका युवा साहरुख खानले मात्र ८ बलमा नटआउट २१ रन बनाएका थिए । तर पनि चर्चा रिन्कुकै भयो । जसको कारण हो, दबावमा परेको बेलामा पनि टिम र समर्थकको आशा पूरा गर्नु ।
रिन्कु ब्याटिङमा आउँदा कोलकातालाई जितका लागि २८ बलमा ५६ रन बनाउनु पर्ने थियो । अर्कोतिर आन्द्रे रसेल थिए । जसले यो सिजनमा पहिलो पटक आफ्नो क्षमता अनुसार खेले । १९ औं ओभरमा सैम करनको बलमा ३ छक्का हानेर खेल लगभग लगभग कोलकाताको मुठ्ठीमा पारेका थिए ।
अन्तिम ओभरमा कोलकातालाई ६ रन चाहिएको थियो । रसेलले ४ बलमा ३ रन मात्र बनाउन सके । पाँचौ बलमा एक रन चोर्ने प्रयासमा उनी रनआउट हो गए । उनी रनआउट भएपछि खेल पञ्जावले उल्ट्याउँछ कि भन्ने लागेको थियो ।
अर्शदीप सिंहले ५ बलमा मात्र ४ रन दिएका थिए । अन्तिम बलमा उनले कुनै रन बनाउन नदिए खेल पञ्जावले जित्ने थियो । १ रन दिए खेल सुपर ओभरमा पुग्ने थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका उनीमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु नै नगरेका रिन्कु भारी परे र चौका हाने ।

‘जितका लागि २ रन चाहिएको थियो, त पाँचौ बलमा एक रन लिन दौडिनुको कारण के थियो ?’ खेलपछि रसेललाई प्रश्न गरियो ।
‘अर्को छेउमा रिन्कु थिए र त मलाई कुनै चिन्ता थिएन, मलाई उनीमाथि भरोस थियो, अर्शदीले बाइड योर्कर फालिरहेका थिए, जसलाई खेल्न रिन्कुलाई सहज थियो । म त खुसी छु’, रसेलले भने ।
रिन्कुले खेल जिताउँछन् भन्ने विश्वासमा उनलाई अन्तिम बलमा स्ट्राइक दिएको बताउने रसेल त्यतिमै रोकिएनन् । उनले अघि भने, ‘मलाई थाहा छ कि उनले के के गर्न सक्छन्, उनी आज जुन स्थानमा छन्, यहाँ आइपुग्न उनले धेरै मेहनत गरेका छन्, अझै पनि उनीसँग टिमलाई दिन धेरै कुरा बाँकी छ ।’

रसेलले रिन्कुको अनुशासन र मेहनतको खुलेर प्रशंसा गरे । कप्तान राणाले पनि रिन्कु योजना अनुसार खेल्ने खेलाडी भएको बताए । उनले भने, ‘मैले रिन्कुलाई म आउट भएँ भने पनि तिमीले अन्तिम बलसम्म ब्याटिङ् गर्नु, उनले त्यसै गरे ।’

रिन्कु जारी सिजनमा धेरै रन बनाउने ब्याटरको सूचीमा शीर्ष १० मा छन् । उनीभन्दा माथि रहेका ९ जना ब्याटर शीर्ष क्रमका छन् ।
मध्य तथा तल्लो क्रममा खेलेर पनि रिन्कुले ११ खेलमा ५६.१६ को औसतमा ३३७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५१.१२ छ । दुई अर्धशतक बनाएका उनले अहिलेसम्म २१ चौका र २१ छक्का हानेका छन् ।
सोमबार पञ्जावसँगको जस्तै इनिङ्सले आफू चिनिन थालेको रिन्कु बताउँछन् । आइपीएलको उत्कृष्ट फिनिसरका रुपमा चिनिएका उनी पाँचौ, छैटौं वा सातौं नम्बरमा ब्याटिङ गरेपछि ‘गर वा मर’ हिसाबले खेल्नु पर्ने र आफूले त्यसरी नै खेल्ने गरेको बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर