प्रहरीमा आन्तरिक शुद्धीकरण साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवा दिइने छ : डिआईजी बाँस्तोला
- बैशाख २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
कार्यालयको सभाहलमा आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताए ।
फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक खोज तलासमा ध्यान दिइएको र सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करीजस्ता घटनालाई पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्न गस्ती परिचालन गरिएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले सङ्गठनभित्र रवाना कार्यान्वयन र स्मार्ट प्रहरी कार्यालय व्यवस्थापनमा पनि जोड दिइएको जानकारी दिए ।
समन्वय र सहयोगको पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम गरिरहेको प्रहरीको निगरानी र क्रियाशीलताले चोरी तस्करी कम भएको, भन्सार छली ल्याउने सामान धमाधम पक्राउ परिरहेको र सवारी दुर्घटनाजस्ता घटनामा पनि कमी आएको उनको भनाई थियो ।
नागरिक सुरक्षा, सुशासनबाट नै आम नागरिकमा समृद्धि आउने भएकाले शान्ति सुरक्षाको विषयमा र अपराध अनुसन्धान एवं खोजीमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनले सामुदायिक साझेदारी प्रहरी कार्यक्रम, ट्राफिक व्यवस्थापन, आत्महत्याजस्ता घटनालाई न्यून बनाउन व्यापक सचेतनाको अभियान सञ्चालन गर्ने पनि बताए ।
प्रहरीप्रति नागरिकको विश्वास बढाउन विगतका अभियानलाई तीव्रता दिने जनाउँदै प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले प्रदेशमा काजमा रहेका प्रहरीलाई व्यवस्थापन गर्ने र नागरिकको स्वतन्त्रतापूर्वक जिउने अधिकारलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments