•  २५ पुष २०८१, बिहीबार

संसदमा राप्रपाको नाराबाजी

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर