नक्कली शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल
- बैशाख २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयको एक सदस्यले बताए ।
अहिले प्रधानमन्त्रीज्यू सहित देउवा र ओली कमरेड तीन जना मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ ।
भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली राजनीति तरंगित बनेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments