कासिन विशेष
श्रीमतिको पछ्यौरीले बर्बाद पारेको बालकृष्णको राजनीतिक यात्रा

- बैशाख २७, २०८० मा प्रकाशित


सुधीर नेपाल

सुधीर नेपाल,

काठमाडौं ।

समय आफैमा बलवान छ । यसको प्रतिक्षा मात्र गर्नुपर्छ एक न एक दिन हरेक मानिसको पालो आउँछ । हो अहिले नेपाली राजनीतिमा समयले ठूलै रोल खेलेको छ । बिगतमा आफै भान्से भएको भान्सा कोठाबाट भान्सेलाई बाहिर निकालिएको छ ।
यहाँ भान्से भन्नाले नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई लिइएको छ । कुनै बेला थियो कांग्रेसका बालकृष्ण भने पछि जन मानस र कांग्रेसी कार्यकर्ताहरुमा छुट्टै रौनक थियो ।

सबैलाई समेटेर लान सक्ने स्वभावका कारण बालकृष्णको कांग्रेस बृत्तमा राम्रै माहोल थियो । उनलाई कार्यकर्ताहरु निडर र हक्की स्वभावका नेताका रुपमा चित्रण गर्ने गरेका थिए । राजनीतिको बजारमा भ्रष्टाचार र ठगीका घटनाहरुलाई जहिले पनि सरल शैलीमा व्याख्या गरिन्थ्यो । यसलाई राजनीतिक जिवनमा घट्ने एउटा सामान्य घटनाको रुपमा लिने गरिन्थ्यो ।

तर बालकृष्ण पक्राउले भने यसको अर्र्थ अझ ठूलो भएको छ । कांग्रेस त्यसमा पनि कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको किचेन क्याविनेटको प्रभावशाली सदस्यकोे रुपमा आफूलाई स्थापित गर्दै गइरहेका बालकृष्णले देउवालाई राज्य शक्तिमा पुग्नको लागि ठूलै भूमीका खेल्ने गरेका थिए ।
बालकृष्ण देउवा समूहका बलिया खम्बा पनि हुन् कांग्रेसको कुनै पदाधिकारी नरहेर पनि खाँणको सांगठनिक बर्चस्व यति बलियो छ कि, पार्टीभित्र उनलाई देउवा समूहबाट भावी सभापतिका बलिया दाबेदार मान्ने गरिन्छ ।
तर जसरी बालकृष्ण राजनीतिमा आफनो दिमागको खेलो खेलाउथे । त्यसको एक इन्च पनि बालकृष्णले सोच्न सकेनन कि दिन यस्तो पनि आउँछ भनेर ।
आफै गृहमन्त्री रहँदा पनि गत मंसिरको आम निर्वाचनमा पराजीत हुन पुगे पनि उनको समग्र शक्ति भने घटेको थिएन सभापति देउवाले पार्टीको संगठनदेखि भ्रातृ संगठनहरुसम्म खाँणलाई जति प्रभावी बन्न दिए, त्यति बलिया त दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बन्न दिएनन् । न त आफ्नो समूहभित्रका अरु नेतालाई ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहभित्र खाँणसमेतको संलग्नताको आधार भेटेपछि प्रहरीले बुधबार निवासबाटै उनलाई समातेको छ । अब चल्ने अनुसन्धानबाट उनीमाथिको अभियोग जुनसुकै तहमा प्रमाणित भए पनि या छानबिनले कुनै अर्को निष्कर्ष दिए पनि उनको सार्वजनिक राजनीतिक जीवनमाथि भने गहिरा प्रश्नहरु उठिराख्नेछन् । राजनीतिकर्मीहरुको छवि निर्माणमा कानुनी तर्क वितर्कभन्दा बलियो अर्थ आम दृष्टिकोणले राख्ने गर्छ । निवासबाटै सत्तापक्षका शक्तिशाली नेता समातिनुको सामान्य अर्थ बुझ्न सम्भव छ ।

सुरुमा गिरिजाप्रसाद कोइरालासँग निकट रहेर नेविसंघ तथा तरुण दलमा केन्द्रीय अध्यक्ष, तथा ०४८ सालमै सांसद बन्न पाएका खाँणले ०५८ सालको कांग्रेस विभाजनमा भने देउवालाई साथ दिएका थिए । ‘उहाँ गिरिजाबाबु र किसुनजी (कृष्णप्रसाद भट्टराई) दुवैसँग नजिक रहेकै नेता हुनुहुन्थ्यो, देउवाले हात लिनुभयो’, खाँणको राजनीतिलाई नजिकैबाट बुझेका कांग्रेस एक नेता भन्छन्, ‘कोइराला समूहमा सिनियर नेताहरुको पहाड नै थियो, पार्टी विभाजनपछि छिटो पावरमा पुग्न सकिन्छ भन्ने पनि भयो होला खाँणजीलाई ।’

त्यसपछि भने खाँणले कहिल्यै पनि देउवालाई छाडेनन् । पार्टी एकतापछि प्रकाशमान सिंह लगायत नेताहरुले देउवा क्याम्प छाड्दा कमजोर बन्दै गएको क्याम्प नछाडेरै खाँण बसिरहे । देउवा ०७२ सालमा सभापति निर्वाचित भएसँगै खाँणको शक्ति बढ्न थाल्यो । राजनीतिक करिअरमा उनी शिक्षा राज्यमन्त्री, सिँचाई मन्त्री, गृहमन्त्री, रक्षामन्त्री लगायत विभिन्न जिम्मेवारी पाइराख्ने नेतामा परेका थिए ।
पार्टी महाधिवेशनमा महामन्त्री लडेका महतलाई हराउन खाँण र हालका उपसभापति पूर्णबहादुर खड्का सक्रिय रहेको गाइँगुइँ पार्टीभित्र छ । स्वयं महत पनि यस आशंकामा विश्वास गर्ने गर्छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा मुछिएको गम्भीर आरोपको सफाइ सामान्य अवस्थामा निकै कठिन देखिन्छ । हिजो मंगलबार ठूला तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल खाँणसँगै एमाले सचिव टोपबहादुर रायमाझी लगायत पात्रहरुबारे केन्द्रित भएका सूचनाहरु चुहिएका थिए ।

खाँणकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण पनि यस प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले छानबिन चलाइरहेको छ । सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपलाई समेत मत्थर बनाउने गरी सरकार अघि बढेको देख्न सकिन्छ ।

हिजो सचिवालय बैठक राखेर पनि एमालेले यही प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे कुनै स्पष्ट निर्णय लिएको थिएन । खाँण पक्राउको अर्थ कांग्रेसलाई जति छ, एमालेलाई त्यो भन्दा बढ्ता छ । प्रतिपक्षी एमालेका सांसद रायमाझीलाई प्रहरी सम्पर्कमा आउन र ल्याउन समेत आम दबाव बढ्न जाने छ ।
सम्भवतः नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा चल्ने अनुसन्धान कति स्वतन्त्र भएर प्रहरीले अघि बढाउन पाउँछ भन्ने प्रश्नको जवाफ नै प्रधानमन्त्री दाहालको कार्यकाल मापन गर्ने महत्वपूर्ण आधार बन्न सक्छ । विगतका कतिपय भ्रष्टाचार र ठगी काण्डमा मुछिएका उच्च तहका व्यक्तिहरुले शक्तिकै छायामा उन्मुक्ति पाएको नजिर जगजाहेर भएकाले पनि यति बेला दाहाल सरकारको परीक्षाको घडी आएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । उनकै बयानको आधारमा सन्दीप पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । प्रहरीसँगको बयानमा सानुले भनेका छन्– ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’

शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्– ‘मन्त्री खाण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’ १ करोड २५ लाख नगद खाण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर