नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठग्ने जो कोहीलाई पनि कार्वाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताए ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उहाँले स्पष्ट पारे । गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पु¥याउनसमेत नेताहरूले अनुरोध गरेका थिए ।

कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुगेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर