नक्कली शरणार्थी प्रकरण
स्वास्थ्यजाँच गरेर ४ दिनको लागि हिरासतमा पूर्व गृहमन्त्री खाण

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरातमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतमा लैजानुअघि खाणको स्वास्थ्यजाँच गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर