तीव्र हावा चल्दा अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो ।

‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अहिले ५ वटा जहाज आकाशमै घुमिरहेका छन्’ ।

त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि दिल्ली, दोहा लगायतबाट काठमाडौं आएका ५ वटा जहाजहरु ललितपुरको दक्षिणी क्षेत्र माथिको आकाशमा फन्को मारिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर