क्यामरुनमा बस दुर्घटनाः कम्तीमा १५ जनाको मृत्यु
- बैशाख २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
क्यामरुनमा भएको बस दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ
। पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा मङ्गलबार दिउँसो उक्त दुर्घटना भएको हो । अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ ।
क्यामरुन रेडियो टेलिभिजन, सरकारी टेलिभिजनले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि रहेको बताइएको छ। त्यसैगरी सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।
घाइतेहरूलाई अस्पताल लगिएको छ र ूसघन उपचार जारी छ । क्यामेरोनियन यातायात मन्त्रालयलका अनुसार प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments