नक्कली शरणार्थी प्रकरण:
पूर्वगृहमन्त्री खाँणको प्रहरी हिरासतमा बास, रायमाझी फरार
- बैशाख २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले खाँणलाई बुधबार बिहान चाबहिल, मनमैजुस्थित निवासबाटै पक्राउ गरेको हो ।
सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणलाई जरुरी पक्राउ पूर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । खाँणलाई पनि अदालतबाट पूर्जी लिएर पक्राउ गर्न जाँदा भाग्नसक्ने भएकाले प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएको थियो ।
सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थियो । त्यहाँ पुगेका एक प्रहरी अधिकृतका अनुसार टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो । तर खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे ।
खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा। मनोज केसीलाई खबर गर्यो । केसीले बयानका लागि जानुपर्ने भन्दै प्रहरीलाई सहयोग गरिदिन आग्रह गरे । खाँण भने ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे ।
खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे, भित्र गएर फोन पनि लगाए । तर प्रहरीले उनलाई जानैपर्ने भन्दै बोलाइरह्यो ।
त्यसक्रममा उनले ‘जे जे सोध्नुपर्ने छ, यही सोध्नु’ भन्दै जवाफ फर्काएको प्रहरी स्रोत बताउँछ । त्यसपछि प्रहरीले आफ्नो तालुक मन्त्रालयका पूर्वमन्त्रीलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।
टेकुमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्षमा राखेर उनलाई प्रारम्भिक सोधपुछ गरियो । केहिवेरमा उनलाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्न लैजाने तयारी भयो ।
परिसरबाट अपराह्न ३ बजे प्रहरी भ्यानमा निकालिएका उनलाई प्रहरीले सुरुमा वीर अस्पताल लगेर स्वास्थ्य जाँच गरायो । अस्पतालबाट बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय लगेर उनलाई अदालत लगिएको थियो ।
जिल्ला अदालत, काठमाडौंका २९ नम्बर न्यायाधीश उत्तम सिलुवालले बहस सुनेपछि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको । प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर, टेकुमा ल्याएको छ ।
अब कम्तिमा ३ दिन अब उनी प्रहरी हिरासतमा हुनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments