कांग्रेस पदाधिकारी बैठक बस्दै
महामन्त्रीद्वय थापा र शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा
- बैशाख २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने कांग्रेसका एक केन्द्रिय सदस्यले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।
नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।
खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् । बुधबार पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बसेर निर्णय गर्ने भनेर नेताहरु देउवा निवासबाट बाहिरिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments