कांग्रेस सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा
- बैशाख २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बिहिबार बिहान बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन्। देउवा पत्नी आरजु राणासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवा दबाबमा छन्।
प्रधानमन्त्री दाहाल र देउवाबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन। यद्यपि, पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डलाई देउवाले भेटेलगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ बालुवाटार पुगेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने प्रकरणमा राजनीतिक शीर्ष नेताहरू जोडिन थालेपछि यो विषय थप पेचिलो बनेको छ। यो प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै राजनीतिक नेतृत्व तह तरंगित भएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments