नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरा ‘फिल्म’ देख्न बाँकी छ : एमाले अध्यक्ष ओली
- बैशाख २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्।
उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए।
‘अहिले देशको राजनीति जटिल मोडमा पुगेको छ। भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भन्ने कुरा पनि चलेका छन्। कसैले यसलाई यही दिन देख्नलाई गणतन्त्र ल्याइएको थियो? भन्ने गरेका छन्। राजतन्त्र होस् या गणतन्त्र जुनसुकै प्रणालीमा भ्रष्टाचार हुनसक्छ। भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्ट मानिस हुन सक्छन्। हामीले सरकारलाई लगातार भनेका छौँ,’ अध्यक्ष ओलीले भने।
यस्तै, उनले आफूहरू भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लड्दै आए पनि अहिले आएर बल्ल अगाडि बढेकोमा खुसी रहेको बताए। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरा ‘फिल्म’ देख्न बाँकी रहेको बताए। ‘जति फिल्म देखाउँछु भनेको हो, त्यो चाहिँ सुरु भएको छैन,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments