•  २५ पुष २०८१, बिहीबार

कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन

- बैशाख २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ ।

पार्टीआबद्ध २२ जनवर्गीय सङ्गठनले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी सजायका लागि सबै जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

मोर्चा फाँट इञ्चार्ज एवं पार्टी उपमहासचिव डा. विजय पौडेलले सरकारले गरेको छानबिनको सराहना गर्दै भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर