जबरजस्ती करणी, शरीर बन्धक र ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

- बैशाख २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
तनहुँ ।

जबरजस्ती करणी, शरीर बन्धक, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका ११ घर भएका ४१ वर्षीय सुमन नेपाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी ९पश्चिम०को समन्वयमा सुमनलाई नवलपरासी ९पुश्चिम० गैँडाकोट नगरपालिका १ मौलाकालीका फेदीबाट बिहीबार पक्राउ गरेको हो ।

उनी माथि जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर