भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध शुक्रवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बजे राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका ठूला नेताहरू तानिइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउन लागेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर