विश्व सेरोफेरो
पाकिस्तानमा हिंसा मच्चियो : खानलाई इस्लामावाद उच्च अदालतमा पेश गरिने

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतमा पेश गरिने भएको छ। उपहारसम्बन्धी मुद्दामा गिरफ्तार भएका खानलाई स्थानीय समयअनुसार बिहान ११ बजे अदालत पेश गर्न लागिएको हो।
पाकिस्तानको सर्वोच्च अदालतले खानको याचिकामा सुनुवाइ गर्दै खानको गिरफ्तारी अवैध भएको घोषणा गर्दै उच्च अदालतमा पेश गर्न आदेश जारी गरेको थियो। खानको सुरक्षाको लागि भन्दै सर्वोच्चले अदालतको निगरानीमा प्रहरी सुरक्षा दिने आदेश जारी गरेको छ।
पूर्वप्रधानमन्त्री तथा तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसा मच्चिएको छ। हिंसामा हालसम्म दर्जनौँ मानिस मारिएको, कयौँ निजी तथा सरकारी भवनहरुमा आगजनी भएको र ३ हजारभन्दा बढी मानिस गिरफ्तार भएको अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री रहँदा विभिन्न क्षेत्रबाट प्राप्त भएका उपहार राज्यको ढुकुटीमा जम्मा गर्नुपर्नेमा अपचलन गरेको आरोप खानलाई लागेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर