नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको- पूर्वाग्रहरहित भएर छानबिन जरुरी : जसपा अध्यक्ष यादव
- बैशाख २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताएका छन् । ‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ । छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’
यसबाट नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले अनुसन्धानमा जो दोषी देखिए पनि तिनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले यसबाट नेपालको साख, छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले यो खासगरी अमेरिका लगायतका देशका लागि ज्यादा चिन्ता र सरोकारको विषय बनेको बताए ।
अर्को एक प्रसंगमा उनले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजन लगायतका अति आवश्यक कानुनहरु छिटो जारी गर्नुपर्ने बताए । यी कानुन अभावमा प्रदेश सरकार पनि प्रभावित भएको बताउँदै उनले भने, ‘सरकारलाई प्रशासन चाहिन्छ, प्रहरी चाहिन्छ । केबल एउटा गाडीमा झण्डा हल्लाएरमात्र सरकार हुँदैन ।’ उनले संविधानमा भएका त्रुटीहरु पनि संशोधन गर्नुपर्ने दोहोर्याए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments