कांग्रेसका पूर्व प्रेस प्रमुख बस्नेतको निधन
- बैशाख २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजनीतिकर्मी, साहित्यकार, पत्रकार एवं संविधान सभा सदस्य पुरुषोतम बस्नेतको बिहिबार बिहान ४ बजे सिफल हाइट स्थित निवासमा निधन भएको छ । लामो समयसम्म नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको प्रकाशनमा लागेका बस्नेतका नेपाली कांग्रेसको इतिहास प्रारुप भाग एक र २ प्रकाशित छन् ।
गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष रहेका बस्नेतले विभिन्न साहित्यीक पत्रपत्रिकाहरुको सम्पादन पनि गरेका थिए । लामो समय नेपाली कांग्रेसको प्रेस प्रमुख र पार्टीको विभिन्न पदमा रहेर कार्य गरेका बस्नेतले आफनो राजनीतिक यात्राका क्रममा ९ वर्ष जेल जीवन समेत व्यभित गरेका थिए ।
शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित रहेका बस्नेत नेपालको राजनीतिक र सामाजिक रुपान्तरणको अभियानमा पनि सहभागी भएका थिए । उनको आज दिउँसो २ बजे पशुपति आर्र्यघाटमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments