नक्कली शरणार्थी प्रकरण
रायमाझीलाई पाताल मुनी गएपनि नछोड्ने स्थितीमा नेपाल प्रहरी

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीको खोजी कार्य तिब्र पारिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले रायमाझीलाई पाताल मुनी गएपनि नछोड्ने भएको छ ।
फरार सांसदसम्म पुग्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रायमाझीको पत्र संसद् सचिवालयसम्म पुर्याउने व्यक्तिको खोजी सुरु गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले वैशाख २५ गते संसद् सचिवालयमा आफू बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। सोही पत्र बोकेर आउने व्यक्तिको खोजी सुरु गरिएको हो। रायमाझीको पत्र बोकेर आउने व्यक्ति पत्ता लगाउन सिआइबीले सिंहदरबारस्थित संसद् सचिवालयबाट सिसिटिभी फुटेज संकलन गरेको छ।

प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद् सचिवालयमा आएपछि सिआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो। सोहीअनुसार सभामुखको कार्यकक्ष आसपासको सिसिटिभी सिआइबीलाई उपलब्ध गराइएको संसद सचिवालका एक कर्मचारीले जानकारी दिए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्न भएको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरासन्दीपसहित विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ। तर, पूर्वऊर्जामन्त्री रायमाझी भने हालसम्म फरार छन्। यस प्रकरणमा रायमाझीसहित अन्य १० भन्दा बढी व्यक्तिहरुमाथि अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर