गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
नियमित उडानमा तदारुकता भएन: जजिरा एयरलाइन्सको उडान रोकियो

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

कुबेत–भैरहवा उडान गरिरहेको जजिरा एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ ।
योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल जजिराले रातमा उडान गर्दा विमामनस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको बताउँछन् ।

‘जजिराले १५ मेदेखि फेरि उडान सुरु गर्छु भनेको छ’ उनले भने । जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको छ । २ जेठ २०७९ मा उद्घाटन भएको विमानस्थल मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेर फागुनदेखि फेरि सुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरु चिन्तित छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले उडानमा चासो देखाएका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर