सम्पादकीय
नक्कली शरणार्थी प्रकरण: दलहरुबीच आफूलाई शुद्धीकरण गर्ने ठूलो अवसर

- बैशाख २९, २०८० मा प्रकाशित


२९ बैसाख ।

अहिले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डक एका एक प्रख्याति शिखरमा पुगेका छन् । प्रधानमन्त्री दाहालको आँटको चर्चा देश भित्र र बाहिर राम्रै सँग हुने गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर आयआर्जनको ठूलै कार्यमा लागेकाहरुलाई प्रधानमन्त्री दाहालले राम्रै सबक सिकाएका छन् ।
कार्वाही र वाहवाहीको पहिले अध्यायमा प्रधानमन्त्री दाहालले राम्रै सफलता हासिल गरे पनि उनको यो कार्यले निरन्तरता पाउने हो कि होइन भन्ने कुरामा आम नागरिकको भरोसा भने अहिले पनि प्रधानमन्त्री दाहालले सोचे जस्तो पाएका छैनन् ।
यो प्रकरण पुराना दलहरुबीच आफूलाई शुद्धीकरण गर्ने अवसर पनि हो। खासगरी ती पार्टीभित्र रहेका पार्टी शुद्धीकरणका अभियन्ताहरुले यसलाई बढी महत्त्व दिनु जरुरी छ। जसबाट आरोपितलाई अनुसन्धान र कानुनी दायरामा ल्याउन बल पुगोस् र पार्टीहरूले संस्थागत रुपमा आरोपितको संरक्षण गर्ने प्रचलन अन्त्य होस्। होइन भने, ती पार्टीप्रति अविश्वास त गहिरिँदै जाने छ नै, थप पतनको बाटोमा पनि लैजाने छ।

यदी साच्चै आफूलाई जनताको प्रधानमन्त्रीको रुपमा देखाउने हो यो भन्दा राम्रो अवसर प्रधानमन्त्री दाहालले फेरी फेरी पाउने छैनन । त्यसैले प्रधानमन्त्री दाहालले आफूलाई सक्षम र सफल प्रधानमन्त्रीको रुपमा चिनाउने हो भने भुटानी शरणार्थी प्रकरण नाम आएका र आउनेहरुलाई कठघरामा उभ्याएर कार्वाही थाल्नु अब जरुरी भै सकेको छ ।
कसैमाथि नियत राखेर अनुसन्धान गरिएको होइन, बरु आगामी दिनमा यी र यस्तै प्रकरणहरुको क्रमैसँग छानबिन हुँदै जानेछ, त्यसमा पार्टी विशेषका नेताहरुको संलग्नतालाई आधार बनाइने छैन भनेर स्थापित गर्न सक्नुपर्छ भन्दै छन्अहिले नेपालका राजनीतिक दलका शिर्ष नेतृत्वहरु यतिबेला आमरुपमा चर्चा चलेका अन्य पात्रहरु पनि छन्।

जसलाई पक्रन प्रहरीले थप प्रमाण संकलन गरिरहेको बताइन्छ। त्यस्तो चर्चामा खासगरी कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका केही नेताहरुकै नाम छ। उनीहरुको हकमा पनि प्रहरीले पारदर्शी र विश्वासिलो छानबिन प्रक्रिया अवलम्बन गर्नुपर्छ।

दोषीहरुमाथि कारबाही हुने र निर्दोषहरुको चरित्रहत्या हुन नदिने सवालमा सबै सचेत बन्नुपर्छ। कानुनले पनि दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने कल्पना गर्दछ। यतिबेला गिरोहका समूह वा गिरोहलाई सहयोग पु¥याउने राजनीतिक नेतृत्वमाथि जति प्रश्न उठेको छ, आरोपितलाई संरक्षण गर्न सम्बन्धित दलको मूल नेतृत्व सक्रिय भइरहेको सन्दर्भमा सोही प्रश्न उनीहरुतर्फ सोझिएको छ।
अहिले पुराना दलहरुप्रति आम नागरिकमा अविश्वास बढ्दो छ। त्यसको कैयौँ कारणमध्ये एक हो, आर्थिक अनियमिततामा ती पार्टीका नेताहरुको संलग्नता र पार्टीहरुको संरक्षणका कारण नेपालको आर्थिक अवस्था नै डामाडोल भएको छ । अर्थ राजनीतिको यो चक्रब्यूहमा अझ कति मानिसहरु पर्ने हुन् यसबारे पनि प्रधानमन्त्री दाहालको कार्यक्षमतामा भर पर्छ । बिगतमा जस्तो कार्वाही गर्ने भन्दै फाइल थन्क्याउने प्रबृति भयो भन अब चाँही जनमानस चुप लागेर बस्ने स्थितीमा छैनन् ।
अहिले देशको राजनीति जटिल मोडमा पुगेको छ। भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भन्ने कुरा पनि चलेका छन्।
कसैले यसलाई यही दिन देख्नलाई गणतन्त्र ल्याइएको थियो? भन्ने गरेका छन्। राजतन्त्र होस् या गणतन्त्र जुनसुकै प्रणालीमा भ्रष्टाचार हुनसक्छ। भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्ट मानिस हुन सक्छन्। यस्तै, भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लड्दै आए पनि अहिले आएर बल्ल अगाडि बढेकोमा आम जनमानसमा खुसी क्षण पलाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर