•  २५ पुष २०८१, बिहीबार

सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा प्रधानमन्त्री दाहालले लामिछाने सँग गरे गुनासो

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः सरकारमा आउनसमेत आग्रह गरेका छन् । यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा पनि दाहालले गुनासो गरे ।
‘तपाईहरु पनि आउनुहोस्, सँगै अगाडि बढ्दा सजिलो हुन्छ भन्नुभएको थियो’ सभापति लामिछानेले भने, ‘तर, हामी प्रतिपक्षमै बसेर सहयोग गर्छौ भनेको छु’ भेटपछि लामिछानेले भनेका छन् ।
प्रधानमन्त्री दाहालले सरकारमै आउन गरेको आग्रह रास्वपा सभापति लामिछानेले ठाडै अस्वीकार गरेनन्। तर, सरकारमा सहभागी हुने वातावरण नभएको र भविष्यमा अप्ठ्यारो पर्दा साथ दिने आश्वासन रास्वपा सभापति लामिछानेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई अगाडि बढाएकै कारण अप्ठ्यारो परे जुनसुकै बेला सरकारलाई समर्थन दिन र आवश्यक परे सरकारमै सहभागी भएर साथ पनि तयार रहेको बचन प्रधानमन्त्री दाहाललाई दिएको रास्वपा सभापति लामिछानेले बताएका छन् र
‘भ्रष्टाचारीलाई कार्बाही गर्दा किन सरकार ढल्ला र ? तर त्यस्तो अवस्था आएमा हाम्रो साथ रहन्छ भनेको छु’ लामिछानेले भने।
लामिछानेका अनुसार दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नगरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘यो विषयमा (नक्कली शरणार्थी) आशंका नगर्नुहोस्, दोषीलाई उम्कनेगरी काम हुँदैन’ प्रधानमन्त्रीले भनेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर