नक्कली शरणार्थी प्रकरण
खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

- बैशाख ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
रुपन्देही ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो ।

खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर