‘हाम्रो ठमेल सफा ठमेल’ अभियानमा जुटे व्यवसायी
- बैशाख ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ‘हाम्रो ठमेल सफा ठमेल’ र घरधनीले ठमेल सफाइ गरेका हुन् ।
‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो ।
सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताए । “हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ”, उनले भने, “अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।”
पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको खाँचो औँल्याए । उनले भने , “अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।”
ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments