नक्कली शरणार्थी प्रकरण
सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने ? : नागरिक अगुवा

- बैशाख ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्र्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।
यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको छ । राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा अधिकांसको थियो ।

बिरोध प्रदर्शनमा सहभागी रमेश श्रेष्ठले ले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए । उनले क्षणिक स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको र देश अफ्ठ्यारोमा पर्दा विदेश भागेर जाने आरोप लगाए ।
प्रदर्शनमा सहभागी रञ्जु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन् । उनले सरकारले जनतालाई आँखामा छारो हालिरहेको बताए ।प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगिरहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर