हिन्दु राज्य भन्दै नहिंड्नु, मुलुक अब पछाडि फर्कंदैन: अध्यक्ष ओली
- बैशाख ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे ।
‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दु राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने ।
राज्यको कुनै धर्म नहुने र सबै धर्मावलम्बीहरुको मुलुक भएको पनि उनले बताए । ‘देशमा हिन्दु धर्म मान्ने बहुसंख्यक छन्, यो धर्म असहिष्णु छैन, यसलाई मान्नुपर्छ । तर अब पछाडि फर्कन सकिंदैन’ ओलीले भनेका थिए ।
अध्यक्ष ओलीले भारतको समेत उदाहरण दिए । ‘नामै हिन्दुस्थान भएको भारत हिन्दु राज्य होइन, धर्मनिरपेक्ष देश हो’, ओलीले भनेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments