नक्कली शरणार्थी प्रकरण
दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइए स्थिती भयावह हुने : नेविसंघ नेता जोशी
- बैशाख ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रि–चन्द्र क्याम्पसले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ। ने.वि.संघ नेता एनपी जोशीले आइतबार क्याम्पस परिसरमा अभियुक्त लाई पक्राउ गरि कारबाही गरिएको सांकेतिक आन्दोलन गर्दै दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइए भयावह अवस्था सिर्जना हुन सक्ने बताएका छन् ।
नेता एनपी जोशीले भने , ’ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकबीच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वमै लज्जास्पद रुपमा चित्रण भइरहेकोप्रति हाम्रो विशेष ध्यानाकर्षण भएको छ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरूसम्मलाई छानबिनको दायरामा ल्याएर प्रशंसनीय काम गरिरहेको प्रति सरकारलाई विशेष धन्यवाद,’ र ’यो प्रकरणलाई सार्थक टुंगोमा पु¥याई दोषीलाई कारबाही गर्न कुनै प्रकारको दबाब, प्रभाव र राजनीतिक सौदाबाजीमा नपर्न नेपाल विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दै निरन्तर खबरदारी गरिरहने प्रण गर्दछ।’
नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरूका आफन्तसमेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको कुरूप तस्बिरलाई नागरिकहरूले कसरी सहिरहेका छन् भन्ने टड्कारो सवाललाई नजरअन्दाज नगर्नसमेत नेविसंघले आग्रह गरेको छ ।
नेविसंघले नक्कली शरणार्थी प्रकरणलाई सार्थक र परिणाममुखी निष्कर्षमा पु¥याई जनमानसमा सकारात्मक सन्देश दिएर भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, सत्तरी करोड, सीसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायतका भ्रष्टाचार काण्डलाई समेत गहिरो छानबिन गरी दोषीलाई कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न माग गरेको नेता जोशीले बताएका छन् ।
नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस परिवारले आज त्रि–चन्द्र क्याम्पस र रानीपोखरी परिक्रममा गर्दै घण्टाघर अगाडि कोणसभा गरि कार्यक्रम विसर्जन भएको थियो। कार्यक्रममा ने.वि.संघ नेता नारायण पाण्डे, भानुभक्त जोशी, केशर जंग बमले छोटो मन्तव्य राखेको उनले बताए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments