नक्कली शरणार्थी प्रकरण
हिरासतको म्याद थपको लागि महानगरीय प्रहरीले माग्यो अनुमति

- बैशाख ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ठगी, संगठित अपराध र नक्कली शरणार्थी प्रकरण लगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको महानगरिय प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतको म्याद थपको लागि महानगरिय प्रहरीले अनुमति माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन पेश गरेको छ ।


जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रहरीले यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिए पनि म्याद थपको निर्णय भने भइसकेको छैन ।

प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर