२ दशक बितिसक्दा पनि पूर्णता नपाएको बहुचर्चित मेलम्ची खानेपानी आयोजना
- बैशाख ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले मेलम्चीको पानीको दिगो व्यवस्थापनको गर्न नसकेको कारण अहिलेसम्म हिउँदमा ल्याउने र पानी परेपछि बन्द गर्ने गरिँदै आएको छ। बहुचर्चित मेलम्ची खानेपानी आयोजना शुरू भएको २ दशकपछि उपत्यकाभित्र पहिलो पटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।
पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर, ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।
तर पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले २०७९ जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द ग¥यो। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।
क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको हो। विकास समितिका अनुसार पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भइरहेको थियो। तर फेरि मर्मतकै लागि भोलि (सोमबार)बाट बन्द हुँदै छ पानी।
विकास समितिले यसैकामको लागि भोलि (जेठ १) गतेदेखि अहिले आइरहेको मेलम्चीको पानी बन्द गर्दै छ। विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले यसपटकदेखि वर्षा याममा पनि पानी ल्याउन काम भइरहेको जानकारी दिए।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाए अनुसार मेलम्चीको पानी नआए पनि यही स्रोतका पानीलाई समानुपातिक ढंगले ग्राहकहरूलाई वितरण गर्ने तयारीमा मेलम्ची आयोजना रहेको छ ।
उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। अहिले हिउँदको समयमा मेलम्ची पानी नआउँदा पनि यहीका स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर उत्पादन हुँदै आएको छ। केयुकेयलका २ लाख ३० हजारभन्दा बढी ग्राहक छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments