गाजामा पाँच दिनसम्म चलेको युद्ध रोक्ने सहमति
- बैशाख ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।
इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० :०० बजे सुरु हुने तय भएको थियो ।
तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको एएफपीका संवाददाताले बताएका छन् ।
अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।
युद्धविरामको घोषणापछि सयौं मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे ।
इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।
इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।
“इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार साही हानेग्बीले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीलाई धन्यवाद दिँदै युद्धविरामका लागि इजिप्टको सशक्त प्रयासप्रति इजरायलको तर्फबाट प्रशंसा व्यक्त गरेका छन् ,” इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इजिप्टको पहलप्रति इजरायलको प्रतिक्रियाको अर्थ ‘शान्त भएर जवाफ दिइनेछ, र यदि इजरायलमाथि आक्रमण वा धम्की दिइयो भने उसले आफ्नो रक्षाका लागि गर्नुपर्ने सबै कुरा जारी राख्नेछ,’ उनले भने ।
एक प्यालेस्टिनी स्रोतले इस्लामिक जिहादको सम्झौताको पुष्टि गरेको छ ।
इस्लामिक जिहादको राजनीतिक विभागका अधिकारी मोहम्मद अल–हिन्दीले एएफपीसँग भने, “हामी इजिप्टको प्रयासका लागि धन्यवाद दिन चाहन्छौं । गत मंगलबार देखि नै हिन्दी कायरोमा रहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments