अपरा एकादशीको महिमा अनि हरिको कृपा सार
- जेष्ठ १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिककालदेखि नै यो एकादशीको महिमा अपारम्पार मानिँदै आएको छ ।
अपरा एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘जेष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो रु’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् ।
श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसंग अनि पावन कृपाले समग्र मानव जगतको कल्याण हुनेछ ।’
कृष्णजीले थप्दै थपे, ‘हे राजन, जेष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रुणहत्या या परस्त्रीगमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राहमणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभइकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौं ।’
श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरुलाई ठग्ने, खराब पेशा गर्नेहरू सबै महापापी हुन् ।’
श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्तिभाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’
हे राजन, ‘म अपरा एकादशीको थप वर्णन गर्दछ ।’ श्रीकृष्णले भन्दै जान्छन् र युधिष्ठिर श्रवण गर्दै जान्छन्, ‘कार्तिक मासमा पुस्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैँ, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैँ, वनारसमा शिवरात्रिको दिनमा आराधना गरेझैँ, गयामा पितृलाई पिण्ड दान गरे झँ सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान गरे झैँ, केदारनाथमा शिवको दर्शन गरे झैँ, कुम्भपलामा बद्रीनाथको दर्शन गरे झँै, कुरूक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैँ अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।’
यो दिन व्रत नबस्नेहरू फेरि धर्तीमा जन्म हुनुपर्ने वाध्यता रहन्छ, परमात्मा लीन निम्ति यस दिनको महत्व धेरै छ ।
यस दिन त्रिबीकर्मको आराधना गरिन्छ । पापमोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्वपूर्ण अन्य तिथिहरू कमै पाइन्छ ।
अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रिडा एकादशी, भद्रकाली एकादशी इत्यादि ।
बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान विष्णुलाई तुलसीको पात, धुप अनि बत्ती बाल्ने, भगवान बिष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मय श्रवण गर्ने गरिन्छ ।
व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महात्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ ।
यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्व पनि उत्तिकै छ ।
स्मरणरहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । बिष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । भजन कीर्तन अनि पवित्रताको साथै भक्तिभावको सामीप्यतामा यस एकदशी गुज्रियोस् ।
यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments