आँधीबेहरीसहित भारी वर्षा: म्यानमारमा पाँच जनाको ज्यान गयो, बङ्लादेशमा शरणार्थी शिविर ध्वस्त

- जेष्ठ १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मोखा नामक चक्रवातको असरका कारण बङ्लादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको छ । बङ्लादेशको कक्स बजार क्षेत्रमा आँधीबेहरीले भौतिक रुपमा क्षति पुर्‍याएको छ । त्यहाँ रहेका धेरैजसो शरणार्थी शिविरहरु ध्वस्त भएका छन् ।

नागरिकलाई भने सुरक्षित ठाउँमा सारिएकाले उनीहरु सुरक्षित छन् ।

यस्तै, म्यानमारमा पनि आँधीबेहरीले नोक्सानी पुर्‍याएको छ । त्यहाँ २१० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको बीबीसीले जनाएको छ ।

चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ । म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर